काठमाडौं । श्री आर्यावलोकितेश्वर करुणामय सेतो मछिन्द्रनाथ न्हवं, महास्नान २०८१ सम्पन्न भएको छ ।
मंगलवार जनबहाः स्थित विधिपूर्वक पुजा गरी साँझ ठिक ५ बजे श्री आर्यावलोकितेश्वर करुणामय सेतो मछिन्द्र नाथको न्हवंरमहास्नान सम्पन्न भएको हो ।
यस अघि पौष २२ गते सोमबार साँझ ५ बजे श्री आर्यावलोकितेश्वर सेतो मछिन्द्र नाथको न्हवंरमहास्नानको लागि केलटोल, मछिन्द्र बहाल देखि शोभा भगवती सँगै रहेको विष्णुमती र भद्रमतीको संगममा रहेको निर्मल तिर्थमा जल ल्याइएको थियोे ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति