१५ चैत्र २०८०, बिहिबार
Header

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध गरिदैँ


प्रकाशित: आईतवार, १ चैत्र २०७७, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । श्रीलंकन सरकारले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । 


बुर्कामा प्रतिबन्ध र बच्चाहरु पढ्ने एक हजार भन्दा बढि मदरसा बन्द गर्ने प्रस्ताव सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन । 


श्रीलंकामा सन २०१९ इस्टरमा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लगाइएको थियो । श्रीलंकामा झन्डै ९ प्रतिशत मानिस मुस्लिम छन भने जनसंख्या ७० प्रतिशत बुद्ध धर्मालम्वी छन । 


मन्त्री वीरासेकाले पहिला मुस्लिमसाथीहरु थिए, महिलाहरुले बुर्का लगाउँदैनथे तर अहिले धार्मिक अतिवादको रुपमा बुर्का लगाउन थालेको बताएको छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD