८ बैशाख २०८१, शनिबार
Header

श्रीलंकामा एकैदिन ८ विस्फोटन, १९० जना मारिए


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । श्रीलंकमा आईतबार दिउँसो सम्ममा ८ वटा विस्फोटन भएको छ । विस्फोटनमा अहिले सम्म मर्नेको संख्या १९० पुगेको अधिकारीहरुले बताएका छन । 


स्थानीय समयअनुसार बिहान पौने ९ बजे राजधानी कोलोम्बो र आसपासका तीन चर्चमा एकैसाथ बिस्फोट भएका थिए भने दिउँसो सम्ममा ८ विस्फोटनमा परि ३५ जना विदेशी नागरिक सहित ५०० को संख्या घाईत भएका छन । उनीहरु सबैको उपचार भईरहेको अधिकारीहरुले जनाएको छ । 

 

श्रीलंका सरकारले देशभरि सोमबार बिहानसम्मका लागि कफ्र्यू जारी गर्नुका साथै गलत सूचना प्रवाह नहोन भनेर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ ।


सन २००९मा  विद्रोही तमिल टाइगरलाई सरकारी सेनाले पराजित गरेपछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक घटना हो ।  


अधिकारीहरुका अनुसार श्रीलंकाका झन्डै १५ लाख क्रिश्चियनलाई लक्षित गरी यस किसिमको घट्ना कहिले नघटेको बताइएको छ । 


विश्व समुदायले यो आतंककारी र कायरतापूर्ण कार्यको निन्दा गरेको छ । यस हमलाको अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । 


‍आइतबार साँझसम्म एनटिजीले घटनाको जिम्मेवारी पनि लिएको छैन । श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले  विस्फोट धार्मिक अतिवादीहरूले गराएको बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD