काठमाडौं । पुर्वी पहाडी जिल्ला ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेपमा गएराति श्रीमतिले धारियाले हातियारले श्रीमानको हत्या गरेपछि ५ बर्षिया छोरीलाई कोठामा थुनेर फरार भएको प्रहरीले जनाएको छ ।
अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका पाएपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
फरार शर्मिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ भने घटना कसरी भयो भन्ने बारे अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
Categorized in समाज