काठमाडौं । मोरङ जिल्ला प्रशासन कार्यलयले हिन्दु धर्मगुरु आचार्य श्रीनिवास लाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।
हातहतियार तथा खरखजाना मुद्दामा श्रीनिवासँग प्रहरीले बयान लिने भएको छ । नेपालमा धार्मिक हिंसा मच्चाउन प्रपन्च रचेका उनले आफैंलाई गोली हान्न लगाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङका प्रमुख एवम् एसपी अरुण बीसीका अनुसार सो मुद्दामा आरोप प्रमाणित भएमा १ बर्ष कैद १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिल्ली जाने तयारीमा रहेका बेला मोरङ प्रहरीले पक्राउ गरी विराटनगर ल्याइएको थियो ।
आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो ।
अनुसन्धानका क्रममा सो गोलीकाण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मी अधिकारीले प्रहरीलाई श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको बयान दिएपछि उनलाई पक्राउ गरेको हो ।
साथै चौधरी र लक्ष्मीराज अधिकारीलाई ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ ।
Categorized in राष्ट्रिय