२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

श्रीघः मा धर्मकीर्ति महाविहारको भवन उद्धघाटन


प्रकाशित: शनिवार, २१ फागुन २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । श्रीघः, नघलमा पुननिर्माण गरिएको धर्मकीर्ति महाविहारको विस्तारित भवनको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन । 


शनिवार कामपा वडा २५ स्थित भवन उद्धघाटन समारोहमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल र वडा अध्यक्ष निलकाजी शाक्यको उपस्थितीमा रहेको थियो । 


०७७ मंसिर २० गते प्रमुख शाक्यले भवन पुननिर्माणको शिलान्यास गरेका थिए ।  

 


भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले, क्वाःपा द्योःछेँ, बहाल, बही, सत्तल जस्ता गुठीले सञ्चालन गरेका सांस्कृतिक सम्पदा संरक्षण गर्न सरकार भएको महसुस गराउने प्रयास गरेको बताए । 


गुठी परम्परालाई जीवन्त बनाउन समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिन्छ । यस्ता सांस्कृतिक सम्पदा पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि हामीले गुठीलाई नै हस्तान्तरण गर्ने गरेका छौँ । गुठीको स्वामित्व र क्रियाकलापमा हाम्रो कुनै हस्तक्षेप नरहेको प्रमखु शाक्यले प्रष्ट पारे । 


प्रमुख शाक्यले भने ‘बुद्ध दर्शनको प्रवर्धनका लागि हामीले बज्रयानी, थेरवादी र महायानी विहारको पुननिर्माण तथा त्यहाँ हुने कार्यक्रमका लागि सहयोग गरिरहेका छौँ । महानगरको सहयोगमा निर्माण भएको अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन उदघाटन गरिसकेका छौँ । बागबजारको बुद्ध विहार पुननिर्माण भइसकेको छ । यसको उदघाटन हुँदैछ ।’ 


सो अवसरमा उपप्रमुख खड्गीश्रेष्ठले सम्पदा संरक्षण गर्ने कुनै पनि योजना प्रस्तावका रुपमा आउँदा बैठकमा मतभेद नहुने बताईन । वुद्ध दर्शनले हामीलाई विश्वभर चिनाएको छ । यो हाम्रो सम्भावना भएको उनले भनिन । 


विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम भएको थियो । यस चरणमा लागेको ९९ लाख ९९ हजार १६५ रुपैयाँमध्ये १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हो । त्यसपछि गएको पुस १८ गते थप २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो ।


महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex