काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ताका लागि सूचना आह्वान गरेको छ ।
शुक्रवार महानगरले एक सुुचना जारी गरी श्रम सहकारी संस्था मार्फत विकास निर्माण लगायत विभिन्न सामाजिक प्रवद्र्धनका कार्यहरु गर्न सहकारी स्थापनाको लागि आह्वान गरेको हो ।
‘सार्वजनिक खरिद नियमावली २०६४ नियम ९७ (क) अनुसार प्रतिस्पर्धामा भाग लिने समेत प्रयोजनका लागि सहकारी ऐन २०७४ अनुसार श्रम सहकारी संस्था गठन गरी उल्लेखित कार्य गर्न इच्छुक श्रमिकहरुले सहकारी विभागमा सम्पर्क राख्नुहुन सूचना प्रकाशित गरिएको छ,’ महानगरको जारी सूचनामा उल्लेख छ ।
महानगरका अनुसार खरिद नियमावलीमा नै ५ करोडसम्मको विकास निमार्ण कार्य श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था रहेकोले परीक्षणका लागि केही सहकारी स्थापना गरेर हेर्न श्रम सहकारीको सूचना आह्वान गरेको हो ।
Categorized in स्थानिय