२४ आश्विन २०८३, शनिबार
Header

श्रम पोर्टलबाट रोजगारीमा जुड्न सकिनेः प्रधानमन्त्री ओली


प्रकाशित: विहिवार, १८ बैशाख २०८२, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शा्र्मा ओलील १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार भर्चुअल माध्यमबाट ‘श्रम पोर्टल’ उद्घाटन गरेका छन । 


यो पोर्टलले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको काम  गर्ने प्रधानमन्त्री ओलीले बताए ।


’यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताहरूको नियमन र नागरिकहरूमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ,’ उनले भने  । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यसमा रोजगारी र उद्यमशीलताका विषयबस्तु  उपलब्ध हुनेछन र आवेदन यहिँ पोर्टलबा बाट दिन मिल्ने छ । यो पोर्टल प्रयोग गरेवापत कुनै शुल्क लाग्दैन । 


यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिए ।


यस अवसरमा सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरिसकेको र यसका लागि रणनितीक कार्ययोजना तयार गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।


श्रम पोर्टलमा जान क्लिक गरौं

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex