१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धिः प्रम ओली


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुाके न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले बृद्धि भएको बताएका छन । 


अन्र्राष्ट्रिय श्रमिक दिवशको अवसरमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका दिदै रोजगारीको अवसर स्वदेशमै ग्यारेन्टी गर्ने अभियानमा सरकार लागेको बताए । 


प्रम ओलीले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेकोले श्रमिकले रोजगारीसँगै आयमा बृद्धि हुने विश्वास व्यक्त गरे । 


सरकारले श्रमिकहरुको श्रमको सम्मान र योगदानलाई मुल्याकंन गर्दै गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । 


प्रधानमन्त्री रोजगार कार्यक्रम पनि रोजगार अभिबृद्धिको महत्वपूर्ण कदम भएको प्रमले शुभकामना सन्देशमा भनाई राखेका थिए । 


आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै विश्वभर छरिएर रहेका नेपाली श्रमजीवीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना प्रकट गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex