१२ भाद्र २०८३, शुक्रबार
Header

श्रद्धाञ्जली कार्यक्रम भोली विहान ८ देखि ११ बजेसम्म


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । शव परिक्षणको लागि समय लाग्ने भएपछि विहिवार गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोली (शुक्रबार) गरिने भएको छ । 


आज टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रमको सम्पूर्ण तयारी गरिएपनि १० देखि १५ घण्टा समय लाग्ने चिकित्सकहरुले बताएपछि ढिलो भएको हो । 


शुक्रवार विहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम तय भएको छ । 


सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ । 


ताप्लेजुङको दाह्रेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex