काठमाडौं । हेलिकोप्टर दुर्घट्नमा परि मृत्यु भएका पर्यटनमन्त्री रवीन्द अधिकारसहित ७ जनाको शव काठमाडौं ल्याएपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने भएको छ ।
अहिले सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको र मौसममा सुधार आएपछि काठमाडौं ल्याउने अधिकारीहरुले बताएका छन ।
अधिकारीहरुका अनुसार शव काठमाडौ ल्यापछि पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिने र त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ ।
मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने बुझिएको छ ।
यस अघि सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गर्दै विहिवार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएको छ ।
बुधवार दिउँसो मन्त्री अधिकारीसहितको टोली पाथिभारा दर्शनबाट फर्के लगत्तै दुर्घट्नमा परेको थियो ।
Categorized in राष्ट्रिय