काठमाडौं । दार्चुलामा एक विद्यालयको शौचालयको छत्त खस्दा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छत भत्किँदा अन्दाजी ७÷८ वर्षकी निरुता ठगुन्ना, ९÷१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८÷९ वर्षका सुदिश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा उनीहरुको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ती बालवालिकाहरु निकालिएको प्रहरीले बताए ।
प्रहरीका अनुसार अझै पनि शवहरु फसेको हुन सक्ने अनुमान छ ।
Categorized in समाज