१२ भाद्र २०८३, शुक्रबार
Header

शोभा भगवतीमा शहिद गंगालाल र दशरथ चन्दको श्रद्धाञ्जली सभा


प्रकाशित: विहिवार, १५ माघ २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । बिष्णुमती नदीको किनारा शोभा भगवतीमा शहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको श्रद्धाञ्जली सभा आयोजना गरियो । 


काठमाडौँ महानगरपालिकाले विहिवार विहान एक कार्यक्रमविच उनीहरुको सम्झनामा विशेष श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । 


नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ छातीमा गोली थापेर श्रेष्ठ र चन्दले सहादत प्राप्त गरेका थिए । 


हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । 


श्रद्धाञ्जली सभाका कार्यक्रमलाई सम्बोधन गर्दै सहिदसप्ताह मुल समारोह समितिका संयोजक तथा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपु¥याई सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको सम्झनामा सदैव रहने बताए । 


शाक्यले भने ‘ सहिदको सपना पूरा गराउन एकले–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्छ । हामी पनि त्यसैअनुसार अघि बढेका छौं । यस क्रममा कतै कमजोरी भएका छन । ध्यान पुगेको छैन भने हामीलाई सुझाव दिनोस ।’ 


सभामा महानगरका प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो रहेको विचार पाखे ।


यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । यसैगरी माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।


सहिद दिवसको अन्तिम दिन शुक्रवार बिहान ०८ बजे शान्ति बाटिकाबाट प्रभातफेरी सुरु हुनेछ । त्यस अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटको मार्चपास हुनेछ । प्रभातफेरी सहिद स्मारक लैनचौरमा पुगेरका श्रद्धाञ्जली सभामा परिणत हुनेछ ।


सभामा प्रधानमन्त्रीसहित, उपस्थिति सबैले ज्ञात अज्ञात सहितको स्मरणमा मौन धारण हुनेछ । त्यस क्रममा नेपाली नेपाली सम्मान गारत चढाउनेछ । मध्यान्न १२ बजे टुँडिखेलमा सेनाले सहिदको सम्मानमा तोप सलामी अर्पण गर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex