काठमाडौं । चाल्र्स शोभराजलाई आजै अध्यागमन विभागले फ्रान्स पठाएको छ ।
शुक्रवार (आज) अध्यागमन विभागलाई बुुझाए लगत्तै बेलुका ६ बजे कतार एयरबेजबाट उनलाई पठाएको हो ।
विभागले उनलाई अब नेपाल १० बर्ष सम्म नआउन पाउने गरी प्रतिवन्ध लगाएको छ ।
हत्या आरोपमा १९ बर्षदेखि नेपालको केन्द्रिय कारागारमा जेल सजाय काटिरहेका ७८ बर्षिय शोभराजलाई बुधवार सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएको थियो ।
Categorized in राष्ट्रिय