काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डन देउपरनगरपालिकामा रहेको उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट चार दिनदेखि बेपत्ता भएको परिवारजनले बताएको छ ।
एघार बर्षिय सुनमाया तामाङ पुष २७ गते भक्तपुरको दरवारस्कायरबाट बेपत्ता भएकी प्रधानानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिएका छन ।
कक्षा ५ मा अध्ययनरत उनी उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला दरवार स्कायर भ्रमणमा आएका थिए ।
नगरकोट, काठमाडाँै, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न भेटिएको छैन ।
शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए ।
Categorized in समाज