काडमाडौं । आइतवार सुन प्रतितोला एक हजार ५ सय रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मुल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
5 January 2025, Sunday
Categorized in बजार