२४ बैशाख २०८१, सोमबार
Header

शुक्रवार सुन तोलाको २ हजार ३ सयले बढ्यो


प्रकाशित: शुक्रवार, १ मंसिर २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार सुनचाँदीको मूल्यमा बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ३०० रुपियाँ बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ तेजावी १ लाख १५ हजार ५०० रुपैयाँमा कारोवार भईरहेको छ । 


यस अघि कातिक २७ गते प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा  कारोबार भएको थियो । 


चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेको छ । २७ कात्तिकमा १ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD