७ बैशाख २०८१, शुक्रबार
Header

शुक्रवार सुनको मूल्य ७८ हजार १ सय पुग्यो


प्रकाशित: शुक्रवार, ९ फागुन २०७६, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । सुनको भाऊ अहिलेसम्मकै सबैभन्दा महंगो हुन पुगेको छ । 


आज सुनको भाउ ७८ हजार १ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ५ सयले सुनको भाउ बढेको हो । बिहीबारको कारोबार मूल्य प्रतितोला ७७ हजार ६ सय थियो । 


चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) का कारण चिनियाँ अर्थतन्त्रसँगै विश्वबजारमा परेको प्रभावले अझै केही समय सुनको मूल्य नघट्ने संकेत देखिएका छन । 


यसले गर्दा सुनको भाउ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन । 


शुक्रबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ९ सय १५ रूपैयाँ छ । 


अन्तर्राष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म सुन प्रतिऔंस १६३७।२० डलरमा कारोबार भइरहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD