२० बैशाख २०८१, बिहिबार
Header

शुक्रवार (भोली) महानगरमा शोक विदा 


प्रकाशित: विहिवार, २१ भाद्र २०८०, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार शोक विदा दिने भएको छ ।  


विहिवार काठमाडौं महानगरपालिका– १६का वडाध्यक्ष मुकुन्द रिजालको उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।   


वडा अध्यक्ष रिजालको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) को कारण मृत्यु भएको हो ।  


आज बिहान ७ः३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रिजाललाई डेंगीसमेत लागेको थियो ।  


कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति समेत रहेका रिजालको आजै पशुपतिमा अन्तेष्टी गर्ने तयारी गरिएको छ ।  


रिजाल महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD