१४ बैशाख २०८१, शुक्रबार
Header

शुक्रवार काठमाडौंमा एमालेको जिल्ला अधिवेशन


प्रकाशित: विहिवार, २२ पुस २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भोली (शुक्रवार २३ गते) नेकपा एमालेको काठमाडौमा जिल्ला अधिवेशन हुने भएको छ । 


जिल्ला अध्यक्ष कृष्ण राईले अधिवेशन काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने बताएका छन । अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने पनि जानकारी दिए ।


यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले बताए । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन ।


जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुने अध्यक्ष राईले बताए ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD