२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरी सुरु भयो सहिद सप्ताह


प्रकाशित: शुक्रवार, ११ माघ २०८१, १३ः४० बजे
- महानगरखवर

 काठमाडौं । सहिद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । 


आज शुक्रराज काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसहित वडा अध्यक्ष लगायतका प्रतिनिधिहरुले शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरि सहिद सप्ताहरुको सरु भएको हो। 


शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित मचलीमा (स्थानलाई) वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो ।

 
नेपाल भाषाको व्याकरणलाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ ।

 
‘कार्यक्रमलाई विद्यालय स्तरमा लैजाऔँ । एक दिन सहिद सम्झिएर पुग्दैन ।’ मन्तव्यका क्रममा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले धारणा राखे । 


‘शास्त्रीले राजनीतिक आन्दोलन गर्नुभएको थिएन । तर उहाँलाई, नागरिक शिक्षित भए भने स्वतन्त्रताका बारेमा कुरा बुझेर राजनीतिक व्यवस्था बुझ्न सक्ने हुन्छन् भन्ने लागेको थियो । यसैका लागि उहाँले शैक्षिक, धार्मिक र सामाजिक क्रियाकलापमा आफूलाई समर्पण गर्नुभएको थियो ।’ कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले सहिदहरुको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो रहेको उल्लेख गरे । 


सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । 


यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ । 


यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । त्यहाँ स्मृति सभा आयोजना हुनेछ । 


शास्त्रीको संक्षिप्त चिनारी


वि. सं. १९५० सालमा बनासर शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो । 


धार्मिक गतिबिधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो । 


जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासन व्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो ।

 

24 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex