१४ बैशाख २०८१, शुक्रबार
Header

शुक्रबारसम्म चीनबाट ४४ लाख भेरोसेल खोप काठमाडौं आईपुग्ने


प्रकाशित: सोमवार, २८ भाद्र २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल  खोप आईपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार आगामी शुक्रवारसम्म उक्त परिमाणको खोप काठमाडौं आईपुग्ने छ ।  चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । 


ाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याईने मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा सागर दाहालका अनुसार नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप ल्याउन लागिएको हो । 


स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ । त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यस अघिनै बताईसकेका छन । 


नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७.४१ प्रतिशत पुगेको छ । त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD