१ जेठ २०८१, मंगलबार
Header

शिवम् सिमेन्टको छैठौं बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: सोमवार, २० मंसिर २०७८, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले छैठौं वािर्षक साधारण सभा सम्पन्न गरेको छ । 


कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनीहरुसँग भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितीमा हालै सम्पन्न भएको हो । 


हालै सम्पन्न सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


त्यसैगरी कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु भएको आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८÷०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।


सर्व साधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभाँस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्न कम्पनीका प्रवक्ता तथा कम्पनी सचिव लेखनाथ अर्यालले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD