१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

शिल्पी विशेष प्रदेश ३ नम्बर प्रदेश उपसमिति गठन 


प्रकाशित: शुक्रवार, १ चैत्र २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालले शिल्पीहरूको सम्मानजनक पहिचानकाका शिल्पी विशेष प्रदेश ३ नम्बरको उपसमिति गठन भएको छ । 


शरण रसाइलीको अध्यक्षतामा १६ सदस्यीय शिल्पी विशेष प्रदेश ३ नम्बर प्रदेश उपसमिति गठन गरेको  शिल्पी विशेषका मुख्यसचिव साजन घटानीले जानकारी दिएको छ । 


फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी कुरामा मात्र होइन व्यवहरमै कुरा मात्र नगरी व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको कुरा आफ्नो भनाई राखे । 


पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको ३ नम्बरको शिल्पी भेलामा प्रमुख अथिति रहेका श्रेष्ठले शिल्पीहरुको पहिचानले मात्र उनीहरुको सम्मान हुने बताए । 


सो भेलामा सह–अध्यक्ष श्रेष्ठले सिके राउतसँग भएको ११ बुँदे सहमतिको बारे उल्लेख गर्दै राज्य गम्भिर बन्न आवश्यक छ नत्र क्रिमियाको बाटोमा लाग्न सक्ने आशंका व्यक्त गरे । 


त्यसैगरी उनले नेता श्रेष्ठले कार्यक्रममा थरुहट आन्दोलनका नेता रेशम चौधरीलाई आजीवन कारावास गर्नु राज्यको नश्लवादी चरित्र भएको बताउँदै राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्ने बताए । 


सो कार्यक्रममा पार्टीका उपमहासचिव दानवहादुर विश्वकर्मा, ३ नम्बर प्रदेशका पार्टी अध्यक्ष लालवहादुर तामाङ, मुख्य सचिव तारा विश्वकर्मा लगायतले पनि मन्तब्य दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex