काठमाडौँ । सङ्घीय समाजवादी शिल्पी महासङ्घ ३ नम्बर प्रदेशको प्रथम भेला शनीवार काठमाडौंको मित्रपार्कमा सम्पन्न भएको छ ।
संङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले दिपक विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपाल पछि पर्नुुको कारण हिन्दू वर्णाश्रम व्यवस्था भएको बताउँदै तथाकथित दलित भनिएका शिल्पी समुदायमाथि अछुतको व्यवहार मानवता विरुद्ध कलंक भएको बताए ।
उनले भने, ‘हिन्दू वर्णाश्रमका कारण धर्मशाष्त्रहरूमा सतिले पनि नभोगेको पीडा शिल्पीले भोगे । कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित पूर्वजन्म, स्वर्ग र नर्कको कथा रचे ।’
प्रमुख अतिथि श्रेष्ठले भने, ‘भूबनोटको दृटिले टारमा पानी नआउनु वा कम आउनु स्वाभाविक हो । तर तुम्लिङ्टारमा पानी नआउँदा पनि सतिले सरापेको किम्बदन्ती रचे । विकास नहुँदा पनि सतिले सरापेको कथा रचे । यथार्थ भन्दा नेपाल कसैको सरापले होइन वर्णवाद र नश्लवादले पछि परेको हो ।’ उनले यहि कुरा सुधार्नका लागि नै देशमा धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक समावेशीकरण आवश्यकता भएको बताए ।
भेलामा पार्टीका राजनीतिक समिति सदस्य तथा सिल्पी महासंघका इन्चार्ज डिवी नेपाली, पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश अध्यक्ष लालवहादुुर तामाङ, केन्द्रीय सदस्यहरू रामवहादुर नेपाली, कमला विश्वकर्मा, मोहन बराइली लगायतले पनि मन्तब्य दिएका थिए ।
Categorized in राष्ट्रिय