१३ बैशाख २०८१, बिहिबार
Header

शिक्षण अस्पताललाई सिटी स्क्यान मिसिन किनिदिँदै महानगर


प्रकाशित: मंगलवार, ३० मंसिर २०७७, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मिसिन किनिदिने भएका छन । 


७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिदको लागि महानगरले आर्थिक सहयोग गर्ने भएको हो ।  


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको जनकारी गराए । 


यस अघि पनि महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित भएका विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेका सो अवसरमा प्रमुख शाक्यले स्मरण गराए । 


त्यसैगरी महानगरले सहिद गंगाल अस्पताल, छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल, कान्तिबाल अस्पतालसँग पनि हामीले सेवा विस्तारका लागि विभिन्न सहकार्य गरेको छ । 


उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. दिव्या सिंह शाहले काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताइन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD