८ बैशाख २०८१, शनिबार
Header

शिक्षण अस्पताललाई काठमाडौ महानगरले १० थान भेन्टिलेटर दिए


प्रकाशित: शनिवार, २५ बैशाख २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर दिएका छन ।

 
शनिवार महानगर प्रमुख शाक्यले अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका हुन । कोभिड संक्रमण उपचारमा सहयोग हुने महानगरको विश्वास रहेको प्रमुख शाक्यले बताए । 


शाक्यले भने,‘ हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’


संक्रमण दर घटाउने तर्फ हामी केन्द्रित हुनु पर्नेमा प्रमुख शाक्यले जोड दिँदै यस महामारीको अवस्थामा समुदायमा कसरी संक्रमण दरलाई न्यून गर्दै अघि बढ्ने विषयमा सोच्नु पर्ने बताए । 


अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको तथा जस मध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको अस्पतालका कार्यकारी निर्देशक काफ्ले जानकारी दिए । 


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा.दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD