१३ बैशाख २०८१, बिहिबार
Header

शिक्षण अस्पतालको नयाँ भवन महानगर प्रमुख शाक्यद्धारा अवलोकन


प्रकाशित: विहिवार, २३ बैशाख २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड अस्पताल बनाउने तयारी गरेका छ ।


कोभिड अस्पताल बनाउने भएपछि काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पतालको अवलोकन गरेका छन । 


अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराएपछि प्रमुख शाक्यले कोविड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राखेका थिए । 


क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाइएको हो । १ सय ४० वेडको क्षमता रहेकोमा यसमा १ सयसम्म वेड सञ्चालन गरिएको डा. काफ्ले बताए । 


नयाँ भवनको निरीक्षणका क्रममा काफ्लेले कोविडको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गरिदिन प्रमुख शाक्यसँग आग्रह गरेका थिए । 


जटिल अवस्थामा पुगेका कोविडका विरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिने प्रमुख शाक्यले बताए ।


अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन । अस्पतालमा उपचार गराउन आएका कोविडका विरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ ।


निरिक्षणमा प्रमुख शाक्यसँगै गएका वडा ३ का अध्यक्ष केसीले महानगरको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD