२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शान्ति सुरक्षामा प्रहरी नायब उपरीक्षक दिल बाहादुर मल्लको दृढता (भिडियो)


प्रकाशित: शुक्रवार, २३ चैत्र २०८०, २०ः३० बजे
- नवराज कुँवर

ललितपुर । प्रहरी बृत चापागाँउ ललितपुर द्वारा आयोजित नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


चापागाँउ बृतका प्रहरी नायब उपरीक्षक किष्ण कुमार चन्दको बिदाई सँगै आगमन गरेका प्रहरी नायब उपरीक्षक दिल बाहादुर मल्लले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा गोदावरी नगर्पालिकाका प्रमुख गजेन्द्र महर्जन रहेका थिए ।  

 


विशेष अतिथिमा नगर उप–प्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठ ,प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनाल, बाग्मती गाउँ पालिका प्रमुख वीर बहादुर लोप्चन, कन्जोसम गाउँ पालिका प्रमुख किष्नमान लामा, प्रहरी उपरिक्षक नरेश राज सुवेदी लगाएत्को सहभागी रहेको थियो । 


गोदावरी गरपालिकका विभिन्न वडाका वडा अध्यक्षहरु निल्बाहदुर देशार(चापागाँउ– ११, मिलन सिलवाल, लेल– ५, जगत बहादुर महर्जन। ठेचो–१२, मथुरा प्रसाद शर्मा देविचोउर–७ ,ज्ञयान बाहादुर लो घुसेल –१, भास्कर थापा, पिताम्बर सन्जेल लगाएत उपस्थितीमा कार्यक्रममा प्रमुख अतिथी महर्जनले शान्ती सुरक्षा का निम्ति हर कदम्मा आफ्नो साथ र सहयोग हुने जान्कारी गराउनुभयो । 

 


नगर प्रमुख महर्जनले स्थानीयको गुनासो अनुरुप आवश्यक स्थानमा थप सिसि क्यामेरा जडान गरिने पनि जानकारी गराएका थिए । 


सो अवसरमा चापागाँउ बृत का प्रमुख मल्लले उक्त कार्यक्रमले थप उर्ज मिलेको र सबैको साथ सहयोग भएमा सशक्त शान्ति सुरक्षामा सबै सफल हुने धारण व्यक्त गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex