२१ बैशाख २०८१, शुक्रबार
Header

शान्तिबाटिमा बसेका प्रदर्शनकारीहरु अब फुटपाथमै बस्न थाले (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, २६ माघ २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवार रत्नपार्कस्थित शान्तिबाटिकामा धर्ना दिएर बसेको प्रदर्शनकारीहरुलाई हटाएका छ । 


उनीहरलाई हटाएर शान्तिबाटिकामा महानगरले ताल्चा लगाएपछि अहिले उनीहरु बारिह फुटपाथमै बस्न थालेको छ । 


उनीहरुले त्यही खाना पकाउने, सुत्ने लगायत आफ्ना दैनिक गतिविधिहरु गरेको पाईन्छ ।

 


महानगर प्रहरीले त्यहाँ रहेका ४०/५० जनालाई हटाएको महानगर प्रहरी इश्वर बाग्लेले बताएका छन ।


उनका अनुसार सम्पदा क्षेत्रमा यसरी बस्न नपाइने भएकोले उनीहरुलाई जान आग्रह गर्दैै हटाएको र गेटमा ताला लगाइएको हो ।

 


शान्तिवाटिकामा आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी श्रीमती, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका थिए । 


माइतीघरमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु शान्तिबाटीकामा आएर बसेका थिए । 

 


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD