२१ बैशाख २०८१, शुक्रबार
Header

शान्तिबाटिका बसेका प्रदर्शनकारीहरुलाई महानगर प्रहरीले हटायो


प्रकाशित: मंगलवार, २३ माघ २०८०, १३ः४० बजे 
- महानगरखबर

काठमाडौं । रत्नपार्कस्थित शान्तिबाटिकामा विभिन्न माग राखी बसेका प्रदर्शनकारीहरुलाई काठमाडौं महानगर प्रहरीले हटाएको छ । 


मंगलवार महानगर प्रहरीले त्यहाँ रहेका ४०/५० जनालाई हटाएको महानगर प्रहरी इश्वर बाग्लेले बताएका छन ।


उनका अनुसार सम्पदा क्षेत्रमा यसरी बस्न नपाइने भएकोले उनीहरुलाई जान आग्रह गर्दैै हटाएको र गेटमा ताला लगाइएको छ ।

 
शान्तिवाटिकामा आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी श्रीमती, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका थिए । 


माइतीघरमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु शान्तिबाटीकामा आएर बसेका थिए । 


फाइल तस्वीर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD