काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहिद घोषणा गरेको छ ।
सरककारले शहीद दिवशको अवसरमा पारेर सो घोष्णा गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर आफ्नो कार्यकालमा शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो जानकारी दिएका थिए ।
शहीद घोषणा गरिएकाहरु मध्ये नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन ।
प्रधानमन्त्री ओलीले सो कार्यक्रममा सुरक्षाकर्मीहरुले गरेको योगदानलाई सम्मान दिन यो निर्णय गरेको जानकारी दिए ।
Categorized in राष्ट्रिय