काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहिदका बलिदानले आज हरेक नेपालीले राजनीतिक अधिकार प्राप्त गर्न सफल भएको बताएका छन ।
आज शहिद दिवशको अवसरमा एक सन्देश दिँदै दशकौं अघि क्रान्तिकारीहरुले देखेको सपना पुरा भएकोले उनीहरुको सम्मान गर्दै देश निर्माण र समाज रुपमान्तरणमामा सहभागी भए शहिदहरु प्रति सच्चा श्रद्धान्जली हुने प्रम ओलीलेको सन्देशमा उल्लेख छ ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदहरुको सम्झनामा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।
सो सन्दर्भमा आज देशभरी नै विभिन्न कार्यक्रमहरु शहिद दिवश मनाईर्दैछ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
Categorized in राष्ट्रिय