काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनलाई थप २ दिन हिरासतमा राखिने भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरुलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपेको हो ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेक नारायाण पाण्डे, इन्द्रजीत राई लगायतलाई २ दिन हिरासतमा राखिने समय अवधि थप गरिएको हो ।
प्रहरीले सो प्रकरणको अनुसन्धान प्रतिवेदन सोमवार सरकारी वकिलको कार्यलय काठमाडौलाई बुुझाएको छ ।
प्रहरीले यस प्रकरणमा ३२ जना सलंग्न रहेको निष्कर्ष निकाल्दै पक्राउ परेकाहरुलाई संगठीत अपराध, ठगी लगायतका मुद्दा लगाउन सुुझाव पनि पेश गरेका थिए ।
Categorized in राष्ट्रिय