काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखिने भएको छ ।
पक्राउ पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप अनुसन्धानको लागि हिरासतमा राखिने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो ।
प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेपछि बयान जारी राखेको छ ।
Categorized in राष्ट्रिय