१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

शनिवार विहान १० बजेदेखि काठमाडौंका यी स्थानमा बत्ति नहुने


प्रकाशित: शुक्रवार, १ भाद्र २०८०, ०८ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको टेकु सबस्टेशन स्तोरन्नती गर्ने कार्य भईरहेकोले २ गते शनिवार काठमाडौंका विभन्न ८ स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ ।


विद्युत प्राधिकरणका अनुसार विहान १० बजेदेखि ३ बजेसम्म काठमाडौंका बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत आपूर्ति नहुने भएको छ ।


त्यस्तै गरी, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो र्भयाङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले सुचना जारी जनाएको छ ।


सो स्थनका सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुने छ ।


लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरेकाले विद्युत आपूर्तिमा अवरोध आउने भएको हो ।


कालिमाटी फिडर अन्तर्गत दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुनेछ । 


कलंकी फिडर, रोपवे फिडर, बलम्बु फिडर, सितापाईला फिडर, कालिमाटी फिडर अन्तर्गतको एरियामा बत्ति अवरुद्ध हुने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex