५ जेठ २०८२, आइतबार
Header

शनिवार काठमाडौं म्याराथन, ३ हजार बढिको सहभातिगा हुने


प्रकाशित: आइतवार, ६ असोज २०८१, १३ः०२ बजे
- महानगरखवर

काठमाडौं । असोज १२ गते काठमाडौं म्याराथनको १६ औं संस्करण हुने भएको छ ।


काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठका अनुसार दौडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ ।


आयोजक श्रेष्ठले पत्रकार सम्मेलन गरेर म्याराथनबारे जानकारी दिएका छन । 


म्याराथ र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ठीक ५ः१० बजे सुरु हुने जानकारी दिएको छ । आयोजकले दौडका बेला प्रयोग हुने रुटमा त्यस दिन पाँच घण्टाका लागि सकेसम्म सवारी साधन नचलाइदिन पनि चालकलाई अनुुरोध गरेको छ ।


सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।


आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसला प्रदान गर्न पनि आह्वान गरेका छन ।


दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।


म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक/धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ ।


काठमाडौंं म्याराथनको सुरुआत सन २००७ मा भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex