काठमाडौं । २१ औं शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दैछ ।
नेपाली पञ्चांग अनुसार आज नेपाली समयअनुसार १२ बजेर ९ मिनेटदेखि सुरु राती २ बजेर ८ मिनेटमा मध्य भई विहान ४ बजेर ६ मिनेटमा पुर्ण चन्द्र खग्रास ग्रहण समाप्त हुने छ ।
नासाले सार्वजनिक गरेको तालिका अनुसार २०० बर्ष ग्रहणलाई हेर्दा सो आजको यो चन्द्र ग्रहणको अवधि सबैभन्दा लामो हो । यो चन्द्रग्रहण एशिया, युरोप, अष्ट्रेलिया, दक्षिण अमेरिका र अफ्रिकाबाट देखिनेछ ।
चन्द्रग्रहण लागेको बेला अझै पनि नेपाली सामाजमा विभन्न मान्यताहरु कायैमै रहेको छ । यस बेला खान, पिउन, सुत्न, बाहिर हिड्न, ग्रहण हेर्न नहुने जस्ता मान्यता छ । त्यसैगरी गर्भवति महिलाहरुलाई सजगकता साथ बस्न आग्रह गरिन्छ ।
तर बैज्ञानिकहरुका अनुसार ग्रहण भनेको एक खगोल विज्ञानसँग सम्बिन्धीत कुरा भएको बताएका छन । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेलामा चन्द्रा र सूर्यको बिचमा आउने अवस्थानै चन्द्रग्रहण हो ।
बैज्ञानिकाहरुले यसलाई ‘ब्लडमुन’ पनि भन्दछन् ।
Categorized in समाज