काठमाडौं । नेपाल सम्बतको प्रवद्र्धक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानको अध्यक्षमा चन्दनकृष्ण श्रेष्ठ चयन भएको छ ।
प्रतिष्ठानको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्ञानराम श्रेष्ठ, सचिवमा ज्ञानकृष्ण श्रेष्ठ, सहचिवमा बाबुकाजी श्रेष्ठ, कोषाध्यक्षमा सुरेश प्रधानलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यमा निर्मलकुमार भट्टराई, कृष्णलाल गोजाश्रेष्ठ, जगतकृष्ण श्रेष्ठ, दिलकृष्ण प्रजापति, अञ्जनादेवी मधिकर्मी, नरगोविन्द शङ्खदेव, अम्बिरकाजी श्रेष्ठ, विनोद कोजु, बालगोपाल श्रेष्ठ र रामकेशरी श्रेष्ठ सर्वसम्मत चयन भएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले जानकारी दिए ।
Categorized in सम्पदा/संस्कृति