२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शंखधर साख्वाःको मूर्ति स्थापना गर्न जगको शिलान्यास


प्रकाशित: सोमवार, १३ चैत्र २०८१, १६ः२५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका–२०, रामघाटमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको मूर्ति स्थापना गर्नका लागि जगको शिलान्यास गरिएको छ ।


सोमबार आयोजित कार्यक्रममा २० नं. वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरले शिलान्यास गरेका हुन् ।


शिलान्यास कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्रमान बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।  


लुमन्ती दबूका अध्यक्ष राजभाई जकःमिले शंखधरको मूर्ति स्थापना गर्नका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका थिए ।

 
वडाध्यक्ष मानन्धरले शंखधर साख्वाःको योगदानको स्मरण गर्दै मूर्ति स्थापना गर्न लागिएको उल्लेख गरे । उनले यस क्षेत्रमा विकास निर्माणका कार्यलाई अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे ।


कार्यक्रममा संस्कृतिविद् प्रा. डा. चुन्दा बज्राचार्य, प्राविधिक विज्ञ रामबाबु डंगोल, लसकुस सुजित वैद्यलगायतको पनि उपस्थिति रहेको थियो । 


शिलान्यास कार्यक्रम भरत मालीले सञ्चालन गरेका थिए ।

 

26  March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex