काठमाडौं । कैलालीको अत्तरियामा व्यपारीहरुले विहिवार एक घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजाम गरेका छन ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितका तीनजना व्यापारीको रिहाइको माग गर्दै उनीहरुले राजमार्ग अबरुद्ध पारेको प्रहरीले जनाएको छ ।
गोदावारी नगरपालिकाको नगरसभामा असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई आफ्नो भनाइ राख्न नदिएको भन्दै अध्यक्षसहित केही व्यापारीले बिरोध गरेपछि नगरपालिकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
बुधबार पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएका छन ।
Categorized in समाज