काठमाडौं । प्रहरीले सप्तरीका डाकनेश्वरीका कपडा तथा श्रंगार व्यपारी मोहमम्द जियाउल हकको अपहरण गर्ने २ जनालाई पक्राउ गरेको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय हकको फागुन २५ गते अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनीहरुले बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरिबसेका हकलाई पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरणको प्रयास गरेका थिए ।
हकलाई नियन्त्रणमा लिई भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताए ।
सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले प्रहरीको बयानमा बताएका छन ।
अपहरणकारीको कुटपिटबाट हक घाईते भएको छ । हाल उनको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले अपहरकारीहरुलाई अपहरण तथा शरिर बन्धक मुद्दामा कार्वाही थालेको जनाएको छ ।
Categorized in समाज