काठमाडौं । व्यवसायिक हव न्यूरोडको प्राईम लोकेशनमा निर्मित महर्जन कम्लेक्सको बुकिङ खुला गरिएको छ ।
महर्जन विजनेश एशोसिएट्स प्रा.लि.ले बुकिङको सुचना सार्वजनिक गर्दै सिमित पसल कवलमात्र बाँकी रहेको भन्दै बुकिङको लागि आग्रह गरेको छ ।
न्यूरोडको जुद्ध सालिक अगाडी रहेको व्यवसायिक कम्पलेक्स गहना पसल, ब्रान्डेड पसल, फुड कोर्ट, रेष्टुरेन्ट, वित्तिय संस्था आदिको लागी निकै उपयुक्त रहेको पनि जनाएको छ ।
कम्प्लेक्सको प्रवध्र्दक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले सो कम्प्लेक्सलाई नेपालको पहिलो सम्पदा मैत्री व्यापारिक भवन भनेर पनि दावी गरेको छ ।
भवनमा उपलब्ध हुने सुविधाहरु समेत सार्वजनिक गर्दै ९ म्याग्निच्यूडसम्मको भूकम्प थेग्न सक्ने भूकम्प प्रतिरोधात्मक सो भवनमा आधुनिक क्याप्सुल लिफ्ट, एलिभेटर, एस्केलेटर, आगलागी नियन्त्रण प्रविधी लगायतका सुविधाहरु हुने कम्पनीले जनाएको छ ।
साथमा सो भवनमा २४सै घन्टा सुरक्षा प्रदान हुनुका साथै भवनको बीच भागमा खुल्ला स्थान हुने र स्वच्छ हावापानी र वातावरण हुने पनि जनाएको छ ।
आधुनिक स्वरुप विश्व सम्पदा क्षेत्रको मापदण्ड विपरित भनिएकोमा यूनेस्को आवश्यक सोधपुछ र अध्ययनपछि यस भवनको स्वरुप नियो क्लासिकल डिजाइनको भएको र यसले वसन्तपुर क्षेत्रको रौनक थप्ने समेत बताएको थियो ।
Categorized in बजार