५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

व्यसायिक भवनमा पार्किङ शुल्क लिए गुनासो गर्न मोवाईल नम्बर सार्वजनिक 


प्रकाशित: सोमवार, १५ साउन २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको कुनै पनि व्यवसायिक भवन, कम्पलेक्स, मल आदीमा पार्किङ शुल्क लिए सम्पर्क गर्न एक नम्बर सार्वजनिक गरेको छ ।

 
महानगरले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । सेवा शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न सकिने भएको छ । 


आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए । 


महानगरले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex