१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

व्यवासियक भवनमा पार्किङ शुल्क लिन नरोक्न अदालतको आदेश 


प्रकाशित: सोमवार, २२ साउन २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरभित्रका व्यवासयिक भवनमा पार्किङ शुल्क लिन नरोक्न उच्च अदालत पाटन ललितपुरले अल्पकालिन आदेश दिएको छ ।

 
यो आदेशसँगै काठमाडौं महानगरले पार्किङ शुल्न नलिन गरेको निर्णय निस्क्रिय भएको छ । ब्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ ।


यस अघि महानगरले व्यापारिक कम्प्लेक्स, मल, अस्पतालहरुमा ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो ।


सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सो आदेश जारी गरेको हो । साथै काठमाडौं महानगरपालिकासँग सो निर्णयको लिखित जवाफ समेत माग गरेको छ । 


अदालतले ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।



 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex