१४ भाद्र २०८३, आइतबार
Header

व्यवस्था उल्टाउन अराजक तत्वहरु लागेको प्रचण्डको आरोप


प्रकाशित: शुक्रवार, ३ असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध अराजक तत्वहरु हावी हुँदै गएको बताएका छन ।


शुक्रवार संविधान दिवशको अवसरमा देशवासीको नाममा जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले त्यस्ता तत्वहरूले भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन जनतालाई आह्वान गरेका छन । 


प्रचण्डले पछिल्लो समय परिवर्तन विरोधी तत्वहरु सल्बलाएको भन्दै जनता सर्तक रहनु पर्नेमा जोड दिँदै संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी गरेका छन । 


जारी सन्देशमा प्रचण्डले नेपाली आमाबावुका सर्वोत्तम छोराछोरीको त्याग र बलिदानले देशमा राजनीतिक परिवर्तन भएको स्मरण गर्दै सबैप्रति सम्मान व्यक्त गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex