१७ बैशाख २०८१, सोमबार
Header

व्यवसायीले मागेजति सुन दिन सकिने ः गभर्नर


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, १२ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्रबैंकका गर्भनर चिरन्जिवी नेपालले व्यवसायीले मागे जति सुन दिन सकिने बताएका छन् । 


नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटनको क्रममा गभर्नर नेपालले सुनचाँदी व्यवसायीहरुले ‘निर्यात हाउसमार्फत’ काम गरे सुन जति पनि दिन सकिने बताए । 


मौद्रिक नीतिमा गरगहना निर्यातको लागि सुन दिने सुविधा रहेको कारण व्यवासायीहरुलाई ‘निर्यात हाउस’ खोल्न सुझाव समेत दिएका छन् । सो कार्यक्रममा गर्भनर नेपालले एकै प्रकृतिको व्यवसायीहरु फुटेर हैन जुटेर एउटै संघबाट माग आए पुरा गर्न सजिलो हुने बताए थिए । 


त्यसैगरी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले सुनचाँदी व्यवसायले अर्थतन्त्रमा ठुलो योगदान गरेको भनाई राखे भने नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाली सिपको प्रयोग भएको सुनचाँदी व्यवसायले नेपाली हस्तकलाको प्रबद्र्धन गरेको बताए । 


सो कार्यक्रममा संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताईन । ५ लाख बराबार मुल्यको सुन मागे मात्र चेकको व्यवस्था गर्नु पर्ने नीति बनाउन माग गरिन । हाल ५० हजार भन्दा बढीको सुन किन्न परे चेकबाट कारोबार गर्नुपर्नै व्यवस्था छ । 


त्यसैगरी अध्यक्ष श्रेष्ठले सुनचाँदीमा लगाईने भन्सार दर बेस रेट मूल्यमा नै तोक्नुपर्ने, हालको दैनिक सुन आपूर्तिको कोटालाई बढाउनुपर्ने, बहुमुल्य पत्थरहरुको उत्खनन, प्रशोधन र बिक्री बितरणका लागि सरकारले नीति बनाउनुपर्ने, कालिगढहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षित गरिन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD