७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वैशाख ३ गतेसम्म लकडाउन लम्बियो


प्रकाशित: सोमबार, २४ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगामी बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ । 


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्बाएको हो । कोरोना संक्रमणको जोखिम बढेसँगै दोश्रो चरणमा नेपाल प्रवेश गरेपछि सरकारले लकडाउन बढाएको छ । 


नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन । 


गत शनिबार एकबाट अर्काे व्यक्तिमा कोरोना संक्रमणको पहिलो घट्ना सार्वजनिक भएपछि सरकारलाई थप चुनौति बढेको छ । 


यसअघि सरकारले चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो् । लकडाउन चैत्र ११ गतेबाट सुरु भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex