८ बैशाख २०८१, शनिबार
Header

वृद्ध विश्राम भवन निर्माणसहित चमतिमा पार्कको उद्धघाटन


प्रकाशित: बुधवार, ६ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । बृद्ध विश्राम भवन निर्माणसहित सम्पन्न भएको चमति पार्कको उद्धघाटन गरिएको छ । 


काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विहिवार एक कार्यक्रमविच उक्त पार्कको उद्धघाटन गरेका हुन । 


सो अवसरमा शाक्यले भने, ‘आयोजनाको काम नसकिएका कारण स्थानीयबासीले करीव २० बर्ष दुःख पाइरहनुभएको थियो । व्यवस्थित विकासका लागि उहाँहरुको यो प्रतिक्षामा हामी पनि सँगै छौँ भनेर पार्क बनाउन हामीले लगानी गरेका हौँ । पार्क निर्माणसँगै हामीले यस क्षेत्रमा भएका सबै सडक कालोपत्रे गरेका छौँ ।’


कापमा १५ वडा पर्ने उक्त पार्क स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँ ठाउँमा देवी देवताका मूर्ति राखिएका छन । 


यसरी राखिएका मूर्तिहरुमा महामञ्जुश्री, हारती माता, महादेव, बसुन्धरा देवी, बुद्ध, महाङ्काल, लुकु महाद्यः, गणेश, कुमार, लक्ष्मीनारायणलगायत छन । यस्तै चैत्य र ४ वटा ढुङ्गेधारा पनि राखिएका छन ।


पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागत सहभागिता रहेको छ । 


चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको योगदान गरेका छन । 


चमति आयोजना सम्पन्न हुने चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रशंशा गरे । 


निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापूले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपेक्षा गरे ।  उनका अनुसार पार्कमा राखिएका देवीदेवताका मूर्ति स्थापनामा स्थानीयको आर्थिक योगदान छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD