काठमाडौं । चीनको वुहानमा आईतवार विहान १७५ जनालाई काठमाडौं ल्याएईको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा उनीहरुलाई विशेष सर्तकता साथ राखिएको छ ।
बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरिएको उनीहरुलाई एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कर्टिङ गरेर खरिपाटी पुराएको थियो ।
चार वटा बसमा १ सय ७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको थियो ।
उनीहरु सबैको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ । सो स्थानबाट १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई काठमाडौं ल्याएको हो ।
वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६, जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो ।
नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो ।
चीनबाट विमान चढ्नु अघि र काठमाडौंको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा पुर्याइएको हो ।

Categorized in राष्ट्रिय